काठमाण्डौ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।  

सम्झौतामा लिवर्टी ईनर्जी कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक  डा. आत्माराम घिमिरे तथा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे । 

अब लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको शेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि यस प्रभु क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क राख्नुपर्ने छ ।