काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १२.८२ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ । 

यो बिमा कम्पनीको शुक्रबार सम्पन्न १६६ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को वित्तीय विवरण पारित गर्दै सेयरधनीहरुलाई चुक्तापूँजी ७८ करोडको १२.८२ प्रतिशतका दरले बोनस सेयर वितरणको निर्णय गरेको हो । यो हिसाबले कम्पनीले १० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । 

यस्तै, बोनस सेयर वितरणको क्रममा कर प्रयोजनका लागि ०.६७ प्रतिशतले हुन आउने ५२ लाख ६३ हजार १ सय ५८ रुपैयाँ बराबरको नगद लाभांश वितरणको समेत निर्णय गरेको छ । 

प्रस्तावित लाभांश बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।