काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको अघिल्लो आर्थिक वर्षको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ।
कम्पनीले गत असार २९ गते सम्पन्न १७ औँ वार्षिक साधारणसभाबाट पारित ९.५ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो। नेप्से र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको पनि कम्पनीले जनाएको छ।
गत असार १४ गतेसम्म सेयर अभौतिकीकरण गरेका सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिएको कम्पनीले स्पष्ट पारेको छ। सो मितिपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा बोनस सेयर जम्मा हुने पनि कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago