काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर फागुन ३० गतेबाट लिलामीमा राखिने भएको छ।
कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागिएको हो।
लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ। यो लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकोही योग्य व्यक्ति तथा संगठित संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।
बोलपत्र आउँदो चैत १४ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा पेस गर्न सकिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19