काठमाण्डौ । लिलामीमा राखिएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयरमा बोलपत्र पेस गर्ने आज जेठ २७ गते अन्तिम दिन रहेको छ।
गत जेठ १३ गतेबाट कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन पेस गर्न सकिनेछ।
लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ। बोलकबोल पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल पेस गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
यो लिलामी सेयरमा इच्छुक विद्यमान संस्थापक वा योग्य जोकोही व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago