काठमाण्डौ। लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले रु. २१ करोड रुपैयाँ आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरी १०० रुपैयाँ अंकित दरका कुल २१ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीयका लागि जारीपुँजी १० प्रतिशत हुन आउने ७ लाख कित्ता र २० प्रतिशत हुन आउने १४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
यसैगरी कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। आईपीओ निष्कासनसम्बन्धी सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।
हाल उक्त कम्पनीको अधिकृत पुँजी ९० करोड रुपैयाँ, जारी पुँजी ७० करोड रुपैयाँ र चुक्ता पुँजी ४९ रुपैयाँ करोड रहेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ हुनेछ।
लोअर इर्खुवा हाइड्रोपावरले भोजपुर जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचों गाउँपालिकामा १३ मेगावाट क्षमता भएको लोअर इर्खुवा जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी व्यापारिक विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago