काठमाण्डौ । लोअर इर्खुवा हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आगामी वार्षिक साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ । सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेंट बालुवाटार, काठमाण्डौमा बिहान ११ बजे हुने छ ।

सभामा बार्षिक प्रतिवेदन, चालू आर्थिक वर्ष २०८०/ ०८१का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।

यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालक मध्ये नेशनल हाईड्रोपावर कम्पनीबाट प्रतिनिधित्व गर्ने ४ जना र बाँकी रहेका सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव छ ।
कम्पनीको १३ मेगावाट क्षमता भएको आयोजना भोजपुर जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचों गाउँपालिकामा छ ।