काठमाण्डौ । कोभिडका कारण स्थगित लिखित परीक्षाहरु लोकसेवा आयोगले फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ। 

आयोगले सूचना निकालेर स्थगित लिखित परीक्षाहरु सञ्चालनको तालिका प्रकाशित गरेको हो। यसअघि आयोगले निर्धारित परीक्षाहरु कोभिडका कारण स्थगित गरेको थियो। 

आयोगले उपसचिव वा सोसरह, शाखा अधिकृत वा सोसरह, स्वास्थ्य सेवातर्फ सातौँ, आठौँ र नवौँ तहको विभिन्न पदका लिखित परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन गरिने जनाएको छ।