काठमाण्डौ । वरुण हाइड्रोपावर कम्पनी लिमीटेडले असोज १८(भोलि)लाई सन्निकट १३ र १४ औं वार्षिक साधारणसभाको प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ । 

यो जलविद्युत कम्पनीको २ वटा आर्थिक वर्षको साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको हो । 

यसको अर्थ असोज १७(आज)सम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र वार्षिक साधारणसभामा सहभागी बन्न पाउनेछन् । 

वरुण हाइड्रोपावर कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र १०० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव गरेको छ । ५ प्रतिशत बोनस सेयर र १०० प्रतिशत हकप्रदपछि चुक्तापूँजी बढेर ५१ करोड ३ लाखको उचाईमा पुुग्नेछ ।