काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वर्ल्ड इन्भेस्टर विक–२०२३’ अवसरमा सप्ताव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ। 

सेबोनले बजार सरोकारवालाहरुको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो। सप्ताहव्यापी कार्यक्रम असोज १५ गतेदेखि असोज २१ गतेसम्म सञ्चालन हुनेछ। 

यो सहप्ताव्यापी कार्यक्रमअन्तर्गत सेबोनले धितोपत्र बजार, लगानीका न्यूनतम आधार, दोस्रो बजारको सञ्चालन र पूर्वाधार, धितोपत्र निक्षेप र सेटलमेन्टलगायतका विषयमा अन्तर्क्रिया गर्नेछ। 

कार्यक्रममा विभिन्न कलेजका विद्यार्थी, आमलगानीकर्ता, आर्थिक पत्रकारलगायतको सहभागिता रहनेछ। 

कार्यक्रममा सहभागी हुन २०० जना आमलगानीकर्ता र १५ जना आर्थिक पत्रकारले रजिस्ट्रेसन गर्नुपर्ने सेबोनले जनाएको छ। यसका लागि सबैभन्दा पहिला रजिस्ट्रेसन गर्नेलाई प्राथमिकता दिइएको सेबोनले जनाएको छ। 

सेबोनको सप्ताहव्यापी कार्यक्रममा अर्थमन्त्री, गर्भनरलगायतको पनि सहभागिता रहनेछ।