Nepal Stock Exchange
काठमाण्डौ । बैकिङ समूह चम्किँदा अधिकांश समूह सूचकमा रातो पोतिए पनि साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १८.८८ अंकले बढेर ऐतिहासिक उचाईमा पुगेको छ ।
नेप्से परिसूचक आइतबार हालसम्मकै सर्वाधिक उचाई १६८५.१७ अंकमा पुगेको हो ।
अघिल्लो साता बजारलाई निरन्तर लिड गरेको बिमा समूह र उसलाई पछ्याएको जलविद्युत समूहको सूचकमा यो साताको पहिलो कारोबार दिन भने रातो पोतियो ।
अधिकांश समूहको सूचक ओरालो लागे पनि बैंकहरुको कारोबार चम्किँदा समग्र सूचक चाहि दोहोरो अंकले बढ्न पुगेको हो ।
वाणिज्य बैंक समूहको सूचक ३३.३३ अंकले उक्लिएको छ । यस्तै विकास बैंक समूह पनि ८.९८ अंकले उकालो लागेको छ । बित्त समूहमा ४.२६ अंकको बढोत्तरी देखिएको छ । बाँकी सबै समूहका सूचक ओरालो लागेका छन् ।
सबैभन्दा बढी उत्पादनमूलक समूहको सूचक ३६.३३ अंकले घटेको छ भने बिमाको समूह सूचकमा ३०.२८ अंकको गिरावट देखिएको छ । होटल समूह १०.२३ अंकले घट्दा जलविद्युत समूहमा ९.३७ अंकको ह्रास देखिएको छ । अन्य समूह चाहि आइतबार स्थिर रह्यो । सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः ४.६ र १.५१ अंकले उक्लिए ।
आइतबार कारोबार रकम पनि अघिल्लो साताको अन्तिम दिनको तुलनामा केही घटेको छ । १ सय ३५ कम्पनीका ६३ लाख ९३ हजार ५ सय ८२ कित्ता सेयर १ अर्ब ६० करोड ५७ लाख ६३ हजार रुपैयाँमा किनबेच भयो ।
समूह सूचक ओरालो लागे पनि आइतबार सबैभन्दा धेरै सेयर कारोबार लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो । यो कम्पनीको मात्रै ११ करोड २२ लाख बराबरको कारोबार भयो । एभरेष्ट बैंकले १० करोड १७ लाख बराबरको कारोबार गर्यो भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ करोड ८६ लाख बराबरको कारोबार गर्यो । एसबीआई बैंकले ५ करोड ४५ लाखको सेयर कारोबार गर्दा एनएमबी बैंकको ४ करोड ९४ लाख बराबरको सेयर किनबेच भयो ।
आइतबार सबैभन्दा धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंकहरुले ओगटेका छन् । अरु बेला उत्कृष्ट कारोबार गर्ने १० को सूचिमा समेत नेतृत्वदायी भूमिका रहने बिमा २ स्थानमा सीमित बनेको छ भने एकस्थान जलविद्युत समूहले ओगटेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago