right share issue
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ०७२ मा ल्याएको पूँजी वृद्धिको नीति अनुसार तोकिएको मितिमा भनेजति पूँजी बढाउने उद्देश्यले धेरै बैंक तथा बित्तीय संस्थाहरुले मर्जर र एक्वीजिसनसँगै हकप्रद सेयर निश्कासनको बाटो रोजेका छन् । मर्जर र एक्वीजिसन गर्दा समेत अपुग पूँजी हकप्रद जारी गरेर पुर्याउन अधिकांश वाणिज्य बैंकहरु कस्सिएका देखिन्छ । ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले चुक्तापूँजी ८ अर्ब पुर्याउनुपर्ने केन्द्रीय बैंकको नीतिका कारण अहिले सेयरबजारमा हकप्रदको बाढी आएको छ । यही बीचमा करिब १५ वाणिज्य बैंकहरुले निकट भविष्यमै निकै ठूलो परिमाणमा हकप्रद सेयर निश्कासनको अनुमति पाएका छन् ।
नेप्से स्रोतका अनुसार १५ वाणिज्य बैंकहरुले करिब २२ अर्ब ८० करोड बराबरको हकप्रद जारी गर्ने तयारी थालेका हुन् । केही विदेशी लगानीका बैंकहरुले समेत पूँजी वृद्धिका लागि हकप्रदकै बाटो रोजे भने करिब ३० अर्ब बराबरको हकप्रद आउने संभावना देखिने नेप्सेका एक अधिकारीले बताए ।
हालसम्म सबैभन्दा धेरै बढी लक्ष्मी बैंकले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निश्कासनको निर्णय गरेको छ । यो दौडमा सबैभन्दा कम चाहि हिमालय बैंकले १४.२८ प्रतिशत मात्र हकप्रद जारी गर्ने नीति छ ।
एनआइसी एसिया बैंकले २५ प्रतिशत हकप्रद जारी गरेको छ भने सिटिजन्स बैंकले चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद निश्कासन गरेको छ ।
यसैगरी, नेपाल एसबिआई बैंकले प्रिमियममा २ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद जारीको निर्णय गरेको छ । यसैगरी, नेपाल बगांलादेश बैंकले चुक्ता पुँजीको ८० प्रतिशत, सानिमा, कृषि विकास र माछापुच्छे« बैंकले चुक्ता पुँजीको ५० प्रतिशतको दरले हकप्रद्य निश्कासनको निर्णय गरेका छन् र त्यसको प्रक्रिया समेत सुरु भइसकेको छ । कतिपय बैंकले भने केही साताभित्रै हकप्रद जारीको काम थाल्नेछन् ।
नेप्सेका अनुसार सनराइज, प्राइम, सेञ्चुरी बैंकले चुक्ता पुँजीको ३० प्रतिशत तथा एनआइसी एसिया, सिद्धार्थ र मेगा बैंकले २५ प्रतिशतको दरले हकप्रद सेयर जारी गर्नेछन् । नेपाल बैंकले २३.७४ प्रतिशत हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी बढाउने रणनीति लिएको छ ।
पूँजी वृद्धिको स्पष्ट योजना ल्याउन नसकिरहेका ठूला विदेशी लगानीका बैंकहरुले समेत प्रिमियममा हकप्रद ल्याउने संभावना धेरै रहेकोले हकप्रदको परिमाण धेरै हुने बताइन्छ । एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड लगायतका बैंकहरुको चुक्तापूँजी ३ अर्बको हाराहारीमा छ । यी बैंकहरुले कम्तीमा पनि ५० प्रतिशत हकप्रद जारी गर्नुपर्ने हुन्छ । यो हिसाबले समेत हकप्रदको बाढी नै आउने संभावना देखिन्छ ।
चुक्ता पुुँजी कम भएका बैंकले हकप्रद सेयर निष्कासन गर्ने सम्भावना भएकाले पनि लगानीकर्ता त्यस्ता कम्पनीको सेयर खरिद गर्न आकर्षित भएका छन् । यसले सेयर बजारलाई समेत गुल्जार बनाइदिएको छ ।
कतिपय बैंकहरुले भने बोनस दिएर समेत तोकिएको पूँजी बढाउन खोजिरहेका छन् । यसकारण समेत नेप्सेमा बोनस सेयरको समेत बाढी आउने देखिन्छ ।
हकप्रदका लागि खुकुलो नियम
नेपाल धितोपत्र बोर्डले केही साताअघि सूचना नै जारी गरेर पूँजीवृद्धिमा लागेका बैंकहरुलाई हकप्रद निश्कासनका लागि केही खुकुलो व्यवस्था गरिदिएको छ । बोर्डले सबै कागज पुगेको मितिले बढीमा १२ दिनभित्र हकप्रद निश्कासनको स्वीकृति दिने घोषणा गरिसकेको छ । यस्तै, जारी हुने हकप्रदको क्रेडिट रेटिंग गर्ने व्यवस्थामा समेत केही सहजता थपिएको छ ।
लगातार नाफामा सञ्चालित बैंकहरुले क्रेडिट रेटिङ गर्नु नपर्ने व्यवस्था गरिएका कारण हकप्रद निश्कासनको काम अझ सहज भएको बैंकहरु बताउँछन । यसअघि क्रेडिट रेटिङ गर्न ३ महिनासम्म लाग्थ्यो । यसरी हकप्रद निश्कासनका लागि निकै सहज र छिटो काम हुन थालेपछि यसतर्फ बैंकहरुको सक्रियता पनि निकै बढेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago