काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबै २६ वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेका छन्।
यसपटक पनि बैंकहरुले नगदभन्दा सेयर बोनसलाई प्राथमिकता दिएका छन्। गत आर्थिक वर्षका लागि नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश घोषणा गरेको छ। यो बैंकले अघिल्लो वर्षको तुलनामा धेरै लाभांश घोषणा गरेको छ।
अघिल्लो वर्षको तुलनामा धेरै लाभांश दिनेमा ११ बैंक छन्। जसमा नबिल, माछापुच्छ्रे हिमालयन, स्टान्डर्ड, कृषि विकास, सानिमा, नेपाल, प्राइम, सिटिजन्स, नेपाल बंगलादेश र प्रभु बैंक छन्।
अघिल्लो वर्षको तुलनामा कम घोषणा गर्नेमा १२ बैंक छन्। जसमा एनआइसी एसिया, इन्भेष्टमेन्ट, एनएमबी, मेगा, बीओके, ग्लोबल आईएमई, एनसीसी, सनराइज, सेन्चुरी, एसबीआई, कुमारी, सिभिल छन्।
अघिल्लो वर्षजति नै लाभांश दिनेमा सिद्धार्थ, एभरेस्ट, लक्ष्मी बैंक छन्।
लाभांश घोषणा गरेका केहीले लगानीकर्तालाई नै दिइसकेका छन्। १६ बैंकको बुक क्लोज भइसकेको छ। अर्थात यी १६ बैंकको सेयर अब किन्नेले लाभांश पाउँदैनन्। लाभांश पाउन बुक क्लोजभन्दा अघिल्लो दिनसम्म सेयरधनी कायम भइसक्नुपर्छ।
लाभांश घोषणा गरेकामध्ये १० बैंकको भने बुक क्लोज हुन बाँकी छ।
आर्थिक वर्ष २०७७/७८ का लागि वाणिज्य बैंकहरुद्वारा घोषित लाभांश
आर्थिक वर्ष २०७६/७७ का लागि वाणिज्य बैंकहरुद्वारा घोषित लाभांश
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19