काठमाण्डौ । सरकारले नेपाल वायु सेवा निगमको पुनर्संरचना गर्ने भएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वायु सेवा निगमको पुनर्संरचना गर्ने नीति सरकारले लिएको जानकारी गराएका हुन्। 

आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवं टर्मिनल भवनको स्तरोन्नति गर्ने नीति पनि सरकारले लिएको छ। 

नयाँ मुलुकहरुसँग हवाई सम्झौता गरी बजार विस्तार गरिने योजना पनि सरकारले बनाएको छ।