– अर्जुन तिमिल्सिना

काठमाण्डौ । राष्ट्रियस्तरको ‘घ’ वर्गको वित्तीय संस्था नेरुडे लघुवित्त वित्तीय संस्था २०५० सालमा सुनसरीलाई कार्यक्षेत्र बनाएर स्थापित भएको हो। यो संस्था पूर्वाञ्चलकै सबैभन्दा पहिलो लघुवित्त पनि हो। नेरुडेले देशका ३१ वटा जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएर लघुवित्त सेवा प्रवाह गरिरहेको छ। 

आधारभूत पक्ष

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा ७१ करोड ५९ लाख रहेको छ। खुद नाफा १८ करोड ४८ लाख  रुपैयाँ आर्जन गरेको यो संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४१.०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) २४ गुणा, प्रतिसेयर नेटवर्थ २१९.३२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्ति १८१७.६८ रुपैयाँ रहेको छ। संस्थाको अन्तिम बजारमूल्य प्रतिकित्ता ९८५ रुपैयाँ रहेको छ।

कम्पनीको १० वर्षको लाभांश इतिहास हेर्दा वार्षिक औसत २८ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ। 

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विस्वाशिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदाँ यो महत्वपूर्ण छ। 

यो वेभमा ५ वेभ हुन्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए  हो। वेभ ए, बी र सीले  बजार तल जाने संकेत गर्छ। 

यो लघुवित्तले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा एकपल्ट करिब ९०० रुपैयाँसम्म आएर इन्टिरमिडियट डिग्रीको एउटा चक्र पूरा भएको देखिन्छ। हालको यो संस्थाको मूल्यरेखाको चक्रलाई विश्लेषण गर्दा अब त्यहाँबाट नयाँ चक्रको सुरु हुन्छ भने त्यो अबको करिब २० महिनाको समयअवधि लिएर मूल्य पुनः एकपल्ट १८०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। जसअन्तर्गत वेभ १ मा १३०० रुपैयाँसम्म, वेभ २ मा करेक्सन भएर ९५० रुपैयाँसम्म, वेभ ३ मा पुनः बढोत्तरीका साथ १४६५ रुपैयाँसम्म, वेभ ४ मा पुनः करेक्सनका साथ १३५० रुपैयाँसम्म र वेभ ५ मा फेरि बढेर १८०० रुपैयाँसम्म यो संस्थाको सेयरभाउ पुग्न सक्ने देखिन्छ।(मुख्य तस्बिर माथि) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपात पनि भनिन्छन्। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।  

यदि यो कम्पनीको भाउ घटेमा ०.२३ प्रतिशतको टेवामा १२२६ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा २२६४ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा ११११ रुपैयाँसम्म, ०.६१ प्रतिशतको टेवामा १०६४ रुपैयाँसम्म र ०.७८ को टेवामा ९९२ रुपैयाँ सम्म हुन सक्ने देखिन्छ। 

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत २१  अप्रिलमा  एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस सिग्नल भर्खरै बनेको छ र हिस्टोग्राम पोजेटिभ भएका छन्। (हेर्नुहोस् कालो एरो)

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उतारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। 

यो औजारअन्तर्गत यो लघुवित्तको मूल्यरेखाले पटक–पटक मध्यब्यान्डमा प्रतिरोध सामाना गरेको देखिन्छ। यदि आगामी कारोबारमा यो मध्यब्यान्डमा हरियो मारुबुजु क्यान्डल बन्छ भने मूल्य माथिको यात्रा तय गर्न सक्छ। 

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। 

यस लघुवित्तको हालको आरएसआई ४२ रहेको छ।  अघिल्लोपल्ट यो न्यून विन्दु २७ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ७३.२९ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यो लघुवित्तको आरएसआई बढ्दो गतिमा रहेको देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ११०३
  • प्रतिरोध २– ११८५
  • प्रतिरोध ३– १२४२

पिभट प्वइन्ट : १०४६

घटेमा सपोर्ट 

  • सपोर्ट १– ९६४
  • सपोर्ट २– ९०७
  • सपोर्ट ३– ८२५

निष्कर्ष

यो लघुवित्तको मूल्यलाई विभिन्न अल्पकालीन तथा दीर्घकालीन औजारमार्फत हेर्दा बोलिंगर ब्यान्डको मध्यब्यान्डमा प्रतिरोध सामाना गरेको देखिन्छ। यदि आगामी कारोबारमा यही ब्यान्डलाई ब्रेक गर्छ भने मूल्यले उकालो यात्रा गर्न सक्ने देखिन्छ। एमएसीडीअन्तर्गत बुलिस क्रसओभर भएर पोजेटिभ हिस्टोग्राम बनेका छन्। आरएसआईअन्तर्गत हेर्दा बढोत्तरीको अवस्था देखिन्छ। समग्र सबै इन्डेक्सलाई मिलाएर हेर्दा कम्पीको सेयरमूल्य घट्दो र आरएसआई बढ्दो गतिमा देखिएकोले यो लघुवित्तको सेयरमूल्यमा बुलिस डाइभर्जेन्स बनेको देखिन्छ। यसकारण आगामी दिनमा सेयरको मूल्य रिस्क एन्ड रिटर्नको हिसाबले जोखिम कम र रिर्टन बढी रहेको देखिन्छ। यदि कुनै कारणवश यो कम्पनीको सेयरमूल्य ९५० रुपैयाँभन्दा तल लागेमा अल्पकालीन ट्रेडरहरुले स्टप लसको गर्नुपर्ने हुन सक्छ भने १०१० रुपैयाँभन्दा माथि लागेमा थप खरिद गर्नुपर्ने हुन सक्छ। दीर्घकालीन लगानीकर्ताका लागि भने यो लघुवित्तको सेयरमा लगानीका लागि उपयुक्त नै देखिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कारोबारका लागि सिफारिस भने होइन।