काठमाण्डौ । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको छ ।

कम्पनीले ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा गत मंसिर १९ गते निवेदन दिएको हो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।कम्पनीले गोरखाको धार्चे गाउँपालिकामा ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।उक्त कम्पनीले सञ्चालन गरेको हाइड्रोमा गैरआवासीय नेपालीहरूको लगानी छ ।