काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले  शुभ–दीपावली, छठ र नेपाल संवतको अवसरमा शुक्रबार पूँजीबजार दिग्दर्शन–लेखविशेषाङ्क- २०८० बिमोचन गरेको  छ। 

उक्त कार्यक्रम नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेलको सभापतित्व  र नेपाल धितोपत्र बोर्डका अध्यक्ष  रमेश कुमार हमालको प्रमुख आतिथ्यतामा  सम्पन्न  भएको थियो ।

कार्यक्रममा बोर्डका अध्यक्ष  हमालले पूँजीबजार दिग्दर्शन २०८० — लेखविशेषाङ्क  विमोचन गर्दै संगठनले यस्तो सृजनशील कार्य गरेका बधाई दिएका थिए ।
यसैगरी नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेलले सृजनशीलताको नमुनाको रुपमा विमोचित प्रस्तुत लेख विशेषाङ्क सबैको साझा प्रयासको परिणाम रहेको र वित्तीय सचेतना अभिबृद्धिमा समेत सहयोगी हुने बताए ।कार्यक्रममा स्वागत मन्तब्य लक्ष्मी पौडेल  र कार्यक्रम सञ्चालन सरिता महर्जनले गरेकि थिइन् ।