काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले ‘कलआयो पैसा पायो’ योजनाका विजेता ग्राहकहरुको घोषणा गरेको छ । यस योजनाअन्तर्गत पहिलो चार हप्ताका १० जना ग्राहकहरुलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको छ।
वैशाख १६ देखि संचालनमा रहेको यो योजना श्रावण १३, २०७६ सम्म संचालनमा रहनेछ । एनसेलले आफ्नो कस्टमर लोयल्टि कार्यक्रमअन्तर्गत संचालनमा ल्याएको यस योजनाअन्तर्गत ग्राहकले विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेट रु २ बोनस स्वरुप १० मिनेट सम्म पाउँछन् । यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु १८ सम्म बोनस प्राप्त गर्दछन् ।
बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्छन् ।
यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउँछन् । एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमनकलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिन्छ ।
यो योजना सुरु भएको चार हप्तासम्ममा ४० जना ग्राहकहरु स्मार्टफोन पाउनका लागि छनोट भइसकेका कम्पनीले जनाएको छ । जसमा १० ग्राहकको पहिचान प्रमाणित भई उपहार प्राप्त पनि गरिसकेका छन् भने अन्य ३० ग्राहकको पहिचान प्रमाणित भइसकेको छ ।
“मेरो श्रीमान जेष्ठ २० गते दुबईबाट फर्कनु भएको छ । उहाँले नै मलाई उताबाट कल गर्नुहुन्थ्यो । कलआयो पैसा पायो योजनामा स्मार्टफोन जित्न पाएकोमा मलाई धेरै धेरै खुसी लागेको छ ।’’ झापा बिर्तामोडकी राधिका रम्तेलले भनिन् । हालै मात्र उनले एनसेलको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा आफूले जितेको स्मार्टफोन ग्रहण गरेकी थिईन ।
‘‘मैले यो कल आयो पैसा पायो योजना सुचारु गरेको थिएँ । आफू एकदमै भाग्यमानी भएको अनुभव भई रहेको छ । एनसेलले ग्राहकलाइ धेरै नै सेवा सुविधाहरु दिइरहेको छ ।,” आफ्नो खुसी व्यक्त गर्दै स्मार्टफोन विजेतामध्यकी एक इलामकी मञ्जना देवानले भनिन् ।
एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार यो योजनाअन्तर्गतको विजेताहरुको छनोट गरिन्छ । प्रमाणिकरण भईसकेका विजयी ग्राहकलाई एनसेलको मुख्य कार्यालयबाट तथा देशभरका एनसेल सेन्टरबाट स्मार्टफोन हस्तान्तरण गरिदै आएको छ ।
यो योजनाअन्तर्गत प्राप्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सकिनेछ ।
एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago