काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयलको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन आज भदौ ११ गते अन्तिम दिन रहेको छ। स्थानीयका लागि भने आवेदन दिने म्याद थप गरिएको छ।
कम्पनीले गत साउन २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित स्थानीयका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा विदेशमा रहेका नेपाली श्रमिकले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। स्थानीयला लागि भने आवेदन दिने म्याद भदौ २६ गतेसम्म थप गरिएको छ।
कम्पनीले स्थानीयका लागि अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता जारी गरेको छ। जुन जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ५ प्रतिशतबराबरको हो।
यो आईपीओमा उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीयले खरिद आवेदन दिन सक्नेछन्। स्थानीयाले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
स्थानीयले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, कुमारी बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका स्थानीय शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसैगरी कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँका दरले १० लाख ७६ हजार २६८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ। जुन सर्वसाधारणलाई छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउँछ। उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।
सोनापुर मिनरल्सको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19