काठमाण्डौ । सरकारले विदेश जानेहरुलाई कोभिडविरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरेको छ। 

जोन्सन एन्ड जोन्सन खोपको एक मात्रा लगाएपछि पूर्ण मानिन्छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकाका ४ वटा अस्पतालबाट विदेश जानेहरुलाई जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिएको छ। 

महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट यो खोप लगाउन सुरु गरिएको हो। 

खोप लगाउन जाँदा अनिवार्य रुपमा आफ्नो पासपोर्ट र भिसा लिएर जानुपर्नेछ।