काठमाण्डौ । नेपाललाई डिजिटल बैंकिङको युगमा लैजान धेरै हदसम्म कोभिड १९ ले सहयोग पुगेको देखिएको छ ।
कोरोना कहरका बीच बैंकसम्म धाउन असुरक्षित ठानिएकाले आम जनमानस हिजोआज बैंकिङ क्षेत्रले भित्र्याएको डिजिटल प्लेटफर्ममार्फत प्रविधिमैत्री बन्दै गइरहेका छन् ।
नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरणमा बढ्दो अभ्यासले विद्युतीय भुक्तानी कारोबारमा छलाङ आएको देखिएको छ ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत भदौमा ८ खर्ब ३५ अर्ब ५२ करोड ६०लाख रुपैयाँ आरटीजीएस प्रणालीबाट भुक्तानी भएकोमा असोजमा १४ खर्ब ६ अर्ब ५४ करोड ५० लाख रुपैयाँ कारोबार सम्पन्न भयो । यो भनेको अघिल्लो महिनाभन्दा ५खर्ब ७१ अर्ब १ करोड ९०लाख रुपैयाँ बढी हो अर्थात् ६८.३४ प्रतिशत बढी हो ।
यसैगरी भदौ महिनामा एटीएममार्फत मात्र ३२ अर्ब ३२ करोड रुपैयाँ भुक्तानी भएको थियो भने असोजमा बढेर ४६ अर्ब ७८ करोड ५० लाख रुपैयाँ कारोबार सम्पन्न भयो । एटीएमबाटै एक महिनाको अवधिमा १४ अर्ब ४६ करोड ५० लाख रुपैयाँ बढी कारोबार भयो अर्थात् यो भनेको ४४.७६ प्रतिशतको बढोत्तरी हो ।
यसैबीच इसीसी(इलेक्ट्रोनिक चेक क्लियरिङ)बाट गत भदौमा ४ खर्ब २ अर्ब ४७ करोड ७० लाख रुपैयाँ कारोबार भएकोमा गत असोजमा यो रकम बढेर ६ खर्ब ८७ अर्ब ७ करोड ५० लाख रुपैयाँ कारोबार भएको थियो । एक महिनाकै अवधिमा २ खर्ब ८४ अर्ब ५९ करोड ८० लाख रुपैयाँ इसीसीबाट भुक्तानी भएको थियो यो भनेको ७०.७१ प्रतिशत बढोत्तरी हो ।
यसैगरी आइपीएसबाट गत भदौमा १ खर्ब ५३ अर्ब ७ करोड ३० लाख रुपैयाँ कारोबार भएकोमा गत असोजमा २ खर्ब ३४ अर्ब ४९ करोड ८० लाख रुपैयाँ कारोबार भयो । आइपीएसको प्रयोगबाट एक महिनाको अवधिमै ८१ अर्ब ४२ करोड ५० लाख रुपैयाँ बढेको देखिन्छ अर्थात् ५३.१९ प्रतिशतको बढोत्तरी देखिन्छ ।
यस्तै कनेक्ट आइपीएसबाट गत भदौमा ६१ अर्ब ९५ करोड ८० लाख रुपैयाँ कारोबार भएको थियो भने असोजमा ८८ अर्ब ९७ करोड ९० लाख रुपैयाँ कारोबार सम्पन्न भयो । कनेक्ट आइपीएसमार्फत भुक्तानी गर्दा एक महिनाको अवधिमा २७ अर्ब २ करोड १० लाख रुपैयाँ बढेको छ जुन ४३.६१ प्रतिशत बढी हो ।
बाँकी विवरण तलको तालिकामाः
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19