 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिने विषयमा सरकार सकारात्मक रहेको देखिएको छ।
कुलमानका विषयमा आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद्ले लगाउने भनिएको थियो। आज प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक स्थगित गरी शुक्रबारका लागि बोलाइएको प्रधानमन्त्री सचिवालय स्रोत बताउँछ। बैठक स्थगितका बारेमा मन्त्रीहरुलाई बिहान १० बजेतिर खबर गरिएको स्रोतले जानकारी दियो।
अब भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले नै विद्युत् प्राधिकरणमा कुलमानले निरन्तरता पाउने वा नपाउने टुंगो लाग्ने ऊर्जा मन्त्रालय स्रोत बताउँछ। यद्यपि मन्त्री पुनले पनि यसअघिको मन्त्रिपरिषद्को बैठकमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका विषयमा छलफल गरिसकेका छन्। उक्त बैठकमा उनले कुलमानलाई नै निरन्तरता दिनुपर्ने जोड दिएको बुझिइएको छ।
मन्त्रालय स्रोतका अनुसार मन्त्री पुन कुलमानलाई पुनः निरन्तरता दिने पक्षमा छन्। तर उनलाई कति वर्षका लागि नियुक्ति दिने भने निष्कर्षमा पुगिनसकेको बताइएको छ।
अब कुलमानको निर्णय भोलिको मन्त्रिपरिषद्को बैठकबाट टुंगो लाग्ने स्रोत बताउँछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19