काठमाण्डौ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले विद्युत् आपूर्तिमा समस्या समाधान भएको भन्दै बुधबारको कारोबार अवधि ३ :२५ बजेसम्म थप गर्ने भएको छ ।

बुधबार बिहान नेप्से परिसरमा विद्युतको समस्या हुँदा कारोबार प्रभावित भएपछि नेप्सेले नियमित सेसनमा २५ मिनेट थप गर्ने भएको  हो ।

बुधबार बिहान विद्युत् आपूर्तिमा आएको अवरोधका कारण सिस्टम डाउन हुँदा प्रि-ओपनिङ कारोबार नै हुन सकेन भने नियमित कारोबार पनि करिब आधा घण्टा अवरुद्ध हुन पुगेको थियो ।

प्राविधिक समस्या आएपछि बुधबार प्रि-ओपन सेसनदेखि नै सेयर कारोबार प्रभावित भएको थियो । नेप्सेले यसबारे सूचना प्रकाशित गर्दै प्राविधिक समस्या समाधान भएको बताएको छ ।