काठमाण्डौ । हिमालयन हाइड्रोपावरले आर्थिक वर्ष २०७९–८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ६९ लाख १६ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा कम्पनीले ५ करोड ४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

कम्पनीले ३ करोड ३२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष ६ करोड ५१ लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो। 

चौथो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १४.५२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

चुक्तापुँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ३१ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि कम्पनीको रिटेन्ड अर्निङ ३३ करोड २२ लाख रुपैयाँले ऋणात्मक थियो। 

प्रतिसेयर आम्दानी (ईपीएस) ०.६३ रुपैयाँले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ७१.२४ रुपैयाँ रहेको छ।