 
                     
                                
                             
                                    काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणले आईपीओ ल्याउन प्रक्रिया अगाडि बढाएको छ।
आज पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आईपीओ ल्याउन प्रक्रिया अगाडि बढाइएको जानकारी गराएका हुन्। ‘विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी भइरहेको छ’, उनले भने, ‘डीडीए तयार भइसकेको छ। इक्राबाट पनि डबल ए प्लस रेटिङ प्राप्त भइसकेको छ।’
गत आर्थिक वर्ष २०७९–८०मा प्राधिकरणले १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। ‘अपरिष्कृत वित्तीय विवरणअनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको छ’, घिसिङले भने।
अघिल्लो आर्थिक वर्ष २०७८–७९मा प्राधिकरणको खुद नाफा १३ अर्ब ३७ करोड पुगेको थियो। ‘गत आर्थिक वर्षमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको हो’, घिसिङले भने।
प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी २ वर्षअघि करिब ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको घिसिङले जानकारी दिए। ‘प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढ्दा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ’, उनले भने।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19