काठमाण्डौ । शिवश्री हाइड्रोपावरले आर्थिक वर्ष २०७९–८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ३० करोड ८८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्ले वर्ष यही अवधिमा पनि कम्पनीले ३६ करोड ३६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीले नोक्सानी घटेको छ। 

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४१.५५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २४ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा २९ करोड ७२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १६ करोड ५९ लाख रुपैयाँमा सीमित थियो। 

चुक्तापुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ८७ करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिजर्भ ३४ करोड ५२ लाख रुपैयाँले ऋणात्मक थियो। 

कम्पनीको ईपीएस पनि २०.९३ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस २४.६३ रुपैयाँले ऋणात्मक नै थियो। प्रतिसेयर नेटवर्थ ४०.४१ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष प्रतिसेयर नेटवर्थ ७६.६३ रुपैयाँ थियो।

यो कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माण गरेको माथिल्लो चाकु ए जलविद्युत आयोजना (२२.२ मे.वा)ले २०७८ जेठ १ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।