काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ६५ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ।
आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा नाफा आर्जन गर्न सफल भएको हो। गत वर्ष यही अवधिमा कम्पनीले १० करोड १० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २१.८० प्रतिशतले बढेर ४१ करोड ७ लाख रुपैयाँ भएको छ। गत वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ३३ करोड ७२ लाख रुपैयाँ रहेको थियो। कम्पनीको सञ्चालन मुनाफा पनि १६ करोड ५० लाख रुपैयाँबाट बढेर २५ करोड ३७ लाख रुपैयाँको उचाइमा पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको रिजर्भ १४ करोड २५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि रिजर्भ १६ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।
चुक्तापुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १.३२ रुपैयाँ, पीई रेसियो १९४.७५ गुणा र प्रतिसेयर नेटवर्थ ८८.६९ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19