काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बुटवल पावर कम्पनी लिमिटेडले ५० करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिको पनि कम्पनीले ७३ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेर ६४ करोड ९४ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट ६८ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि घटेर ६९ करोड ८ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७६ करोड ७८ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी २ अर्ब ९५ करोड रहेको कम्पनीको रिजर्भको आकार ६.८५ प्रतिशतले घटेर ४ अर्ब ४ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा ४ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २७.२५ रुपैयाँबाट घटेर १७.१० रुपैयाँमा झरेको छ। पीई रेसियो २९.५९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २३७.१५ रुपैयाँ रहेको छ।