काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा ८ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

माउन्टेन इनर्जीको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा २७.७९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको विद्युत बिक्रीको आम्दानी १६.८० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १४ करोड ४० लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १६ करोड ८२ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको रिटेन्ड अर्निङ पनि बढेर ३७ करोड ९८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ ३० करोड २ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३५ पैसाले बढेर ४.७० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ४.२५ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १२९.१४ रुपैयाँ रहेको छ।