काठमाण्डौ । नेसनल हाइड्रो पावर आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा घाटामा गएको छ। 

चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष कम्पनीले १ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ५४.४४ प्रतिशतले घटेर २ करोड ५४ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ करोड ५७ लाख रुपैयाँ नाफा व्यहोरेको थियो। 

कम्पनीको प्रशासनिक खर्च बढेर १ करोड २५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो खर्च ४३ लाख ६ हजार रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी १ अर्ब ३८ करोड रुपैयाँ कम्पनीको रिजर्भ ३५ करोड ५१ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो रिजर्भ३५ करोड ७ लाख रुपैयाँले रिजर्भ ऋणात्मक रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २१ पैसा र प्रतिसेयर नेटवर्थ ७४.३७ रुपैयाँ रहेको छ।