काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ।

कम्पनीले गत असार २० गते आयोगमा हकप्रद निष्कासन अनुमति माग्दै आवेदन दिएको थियो। आयोगले गत असोज ७ गते अपी पावरको हकप्रदलाई स्वीकृति प्रदान गरेको हो।

अपी पावरको गत भदौ २५ गते सम्पन्न १८ औँ वार्षिक साधारणसभाले १ः०३९३६ अनुपातमा हकप्रद निष्कासन गर्ने मुख्य प्रस्ताव अनुमोदन गरेको थियो। यो हकप्रद अपी पावरको बोनस सेयर जारी कायम हुने चुक्तापुँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँको १ अर्ब ८ करोड ६० लाख रुपैयाँबराबर हकप्रद जारी गर्ने प्रस्ताव गरिएको थियो।

आयोगको स्वीकृतिसँगै अब कम्पनीले नेपाल धितोपत्र बोर्डमा १०० अंकित दरका कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासनका लागि अनुमति माग्नेछ। 

कम्पनीले दार्चुला जिल्लामा ४० मेगावाट क्षमताको माथिल्ला चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ।