काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिमा १५ लाख ५६ हजार रुपैयाँ बढी घाटा व्यहोर्नुपरेको छ। गत वर्ष यही अवधिमा पनि कम्पनीले १ करोड ३९  लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २०.२८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ४ करोड १९ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो। 

चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ २० करोड ६९ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा पनि रिजर्भ १८ करोड ८९ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ०.५९ रुपैयाँ ऋणात्मक रहेको भने  प्रतिसेयर नेटवर्थ २१.६० रुपैयाँ रहेको छ।