काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड ७१ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ११४.७४ प्रतिशतले बढेर ८ करोड ६४ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड २ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ भने ८ करोड १ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा पनि रिजर्भ ७ करोड ८ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस २० रुपैयाँले ऋणात्मक रहेको थियो।

पीई रेसियो ६० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ८० रुपैयाँ रहेको छ।