काठमाण्डौ । शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले १८ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। पहिलो त्रैमासमा पनि कम्पनीले १० करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

दोस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट १३ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ। पहिलो त्रैमासमा यस्तो आम्दानी ४ करोड ३६ लाख रुपैयाँमा सीमित थियो।

कम्पनीले अन्य स्रोतबाट १ करोड रुपैयाँ आम्दानी गरेको छ। 

चुक्तापुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ भने १६ करोड १९ लाख रुपैयाँ ऋणामत्मक रहेको छ। पहिलो त्रैमासमा रिजर्भ ८ करोड ४९ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

कम्पनीको सञ्चालन मुनाफाबाट ९ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ। पहिलो त्रैमासमा यस्तो मुनाफा ३ करोड ५२ लाख रुपैयाँमा सीमित थियो।

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २४.४३ रुपैयाँ ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ ८९.०३ रुपैयाँ रहेको कम्पनीको तरलता अनुपात १.०१ प्रतिशत रहेको छ।