काठमाण्डौ । युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ८९ लाख ८७ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ५ करोड ४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको रिजर्भ ७ करोड २२ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ५.५५ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६७.१० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९३.२७ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago