काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड ७४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि कम्पनीले २ करोड १८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने बढेर ४ करोड ९१ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट २ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ४५ लाख १५ हजार रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष ७४ लाख ६८ रुपैयाँले घाटा थियो।
कम्पनीको चुक्तापुँजी १ अर्ब ६४८ करोडर रुपैयाँ रहेको छ। जगेडा कोष (रिजर्भ) भने १ करोड ७० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भ ३५ करोड ५१ लाख रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ०.८६ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) २७८.३१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १००.९४ पैसा रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19