electricity hooking
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले अप्राविधिक (चोरी) चुहावट नियन्त्रण गरी ४५ करोड ५६ लाख ४० हजार रुपैयाँ असुल गरेको छ ।
चालू वर्षभित्र ३.५ प्रतिशत चोरी चुहावट घटाउने उद्देश्यसहित प्राधिकरणले देशभर सञ्चालन गरेको विशेष अभियानअन्र्तगत यो परिमाणमा रकम असुल भएको हो ।
गत बर्ष १० अर्ब ६२ करोड १३ लाख रुपैयाँ बराबरको १ अर्ब २८ करोड ९० लाख युनिट विद्युत् चुहावट भएको थियो । प्राधिकरणको प्रणालीमा कुल २ सय मेगावाट चुहावट हुने गरेको तथ्यांक छ। चालू आर्थिक वर्षभित्र चुहावट साविकको २५.७८ प्रतिशतबाट २२.२८ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ।
चुहावट घटाउन सके विद्युत् माग घट्ने र यसले लोडसेडिङ न्यूनीकरणमा समेत सहयोग गर्नेछ।
प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका अनुसार अभियानपछि सबैभन्दा बढी ४२ करोड ४८ लाख ५७ हजार रुपैयाँ चुहावटबाट, माग चुहावटबाट ७ लाख १५ हजार, प्रत्यक्ष हुकिङबाट १ करोड ९२ लाख ७२ हजार, मिटर चुहाटबाट ६२ लाख ९५ हजार रुपैयाँ असुली भएको आजको कारोबारमा समाचार छ ।
बढी चुहावट भएका तराइका जिल्लाहरुलाई लक्षित गरी प्रहरीको सहभागितामा विशेष अप्रेसन समेत गरिएको थियो। प्राधिकरणले प्रत्येक क्षेत्रीय कार्यालय र त्यस मातहतका वितरण केन्द्रहरुलाई लक्ष्य दिएर अभियान अघि बढाएको छ। हालसम्म १८ हजार ८ सय ३३ स्थानबाट हुकिङ हटाएको छ । यस्तै, विद्युत् चोरी गर्ने १४ हजार २ सय ७३ लाई पक्राउ गरी कारबाही गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago