काठमाण्डौ । शिवश्री हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ३६ करोड ३६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
चौथो त्रैमासमा कम्पनीको विद्युत बिक्रीको आम्दानी बढेर २४ करोड ८६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो आम्दानी ४ करोड ८ लाख रुपैयाँ थियो। कम्पनीको अन्य स्रोतबाट १ करोड रुपैयाँ आम्दानी गरेको छ।
चुक्तापुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ३४ करोड ५२ लाख रुपैयाँले ऋणात्मक छ। अघिल्लो वर्ष रिजर्भमा १ करोड ८४ लाख रुपैयाँ थियो।
समीक्षा अवधिकमा कम्पनीको वार्षिकीकरण ईपीएस २४.६३ रुपैयाँले ऋणात्मक रहेको छ। पीई रेसियो ९.०१ गुणाले ऋणात्मक रहेको प्रतिसेयर नेटवर्थ ७६.६१ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago