काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारतमा निर्यात गरेको छ।
प्राधिकरणले देशभित्र खपत हुन नसकेको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत निर्यात गरी भदौमा २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको हो। प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ।
चालु आर्थिक वर्षमा प्राधिकरणले विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।
प्राधिकरणले गत जेठ १९ थतेदेखि प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विद्युत बिक्री गर्न थालेको थियो। सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो। त्यसपछि गत जेठ २७ गतेदेखि दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ।
आईएक्समा २४ घन्टालाई १५–१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। हरेक ब्ल्कको मूल्य फरक–फरक हुन्छ। प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ९.८० रुपैयाँ रहेको छ। चार महिनाको औसत दर प्रतियुनिट ९.२३ रुपैयाँ छ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको बर्खायामको थप २१२.७ मेगावाट विद्युत आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको छ। प्राधिकरणले केही दिनअघि ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी विद्युत बिक्रीको प्रस्ताव पेस हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19