काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १६.५६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १० करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ३.२९ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट १६ करोड २७ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर १५ करोड ७३ लाख रुपैयाँमा झरेको छ। 

कम्पनीको अन्य स्रोतको आम्दानी घटेर ५ लाख ८१ हजार रुपैयाँमात्र भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १२ लाख ६ हजार रुपैयाँमा सीमित थियो। 

चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार झन्डै २५० प्रतिशतले बढेर २० करोड २९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ५ करोड ८० लाख रुपैयाँ रहेको छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेर ८.९४ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस १०.७२ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १२१.०९ रुपैयाँ रहेको छ।