काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २.१४ प्रतिशतले बढेको छ। गत वर्ष २० करोड ३५ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर २० करोड ७८ लाख रुपैयाँ भएको छ। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी बढेर ३५ करोड ५८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३५ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले विद्युत बिक्रीको आम्दानी १.१८ प्रतिशतले बढेको छ। 

चुक्तापुँजी ६ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङ घटेर ३ अर्ब ८३ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष रिटेन अर्निङ ४ अर्ब २ करोड रुपैयाँ थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) थोरै घटेर १२.१९ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १२.८३ रुपैयाँ थियो। पीई रेसियो २९.७७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५६.७७ रुपैयाँ रहेको छ।