काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को संयोजन तथा यूएनडीपीको सहयोगमा आज विराटनगरमा प्रदेशस्तरीय व्यवसाय र मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
गोष्ठीमा सहभागीहरुको स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले देशको दिगो विकासका लागि निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको भन्दै देशमा सबैभन्दा धेरै रोजगारी सुनिश्चित गर्ने क्षेत्र पनि निजी क्षेत्र नै हो भन्दै व्यवसाय तथा मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना प्रारम्भिक मस्यौदामा रहेका विभिन्न महत्वपूर्ण पक्षहरुका बारेमा निजी क्षेत्र, महासंघका सदस्यहरु तथा व्यवसाय संघ सरोकारवालाहरुलाई जानकारी दिन यो गोष्ठीको आयोजना गरिएको बताए।
यूएनडीपी परियोजना संयोजक प्रकाश बूढामगरले व्यवसाय र मानवअधिकार विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। विज्ञ सन्तोष सिग्देलले व्यवसाय र मानवअधिकार शीर्षकमा नेपालमा देखिएको विषयवस्तुको उठान गरेका थिए।
कार्यक्रममा राष्ट्रिय कन्सल्टेन्ट रामचरित्र साहले प्रारम्भिक मस्यौदाको कार्यपत्र प्रस्तुत गरे।
कार्यक्रममा श्रमिकको अधिकार, उपभोक्ता अधिकार, महिला तथा बालबालिका अधिकार, आप्रवासी कामदारसम्बन्धी अधिकार, लैंगिक समानता र अविदेनको अधिकार विषयमा समूहगत छलफलका गरिएको थियो। समूहगत छलफलमा उठेका विषयहरुलाई उद्योग वाणिज्य महासंघबाट आएका विज्ञ मोदनाथ ढकालले सम्बोधन गरेका थिए।
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य उमेश डालमियाले मानवअधिकारका विषयलाई निजी क्षेत्रले लागू गर्दै आइरहेको भन्दै यस प्रकारको कार्यक्रमले भविष्यमा उद्योग–व्यवसायलाई थप सहयोग पुग्ने उल्लेख गरे।
कार्यक्रमको सुरुआतमा कार्यक्रम सञ्चालिका एवं नेपाल उद्योग वाणिज्य महासंघकी सहनिर्देशक सीता घिमिरेले कार्यक्रमका बारेमा प्रकाश पारेकी थिइन्।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर १ जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा उद्योगीव्यवसायीहरुसहित करिब ६० जनाको सहभागिता थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago