काठमाण्डौ । विराटनगरको इक्राहीमा बीटुबी कार्यक्रम सम्पन्न भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को अयोजना र कृषि उद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौको सहकार्यमा स्थानीय रुपमा राम्रो व्यापार हुने गरेका कृषि उपज दुग्ध र मासुजन्य उत्पादनको मूल्य शृंखलापात्रहरुबीच व्यावसायिक सम्बन्ध स्थापना विकास गर्न व्यापार सहजीकरण बीटुबी कार्यक्रम गरिएको हो। स्थानीय उत्पादक व्यवसायीबीच सम्बन्ध स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विराटनगर दुग्घ वितरण आयोजना अधिकृत विनोद चौधरी, जीवन विकास डेरीका प्रबन्धक विनोद नेपाल, सुर्योदय मिल्क एन्ड बेभरेज प्रालिका प्रतिनिधि गुरुप्रसाद अधिकारी, शिवम् डेरी एन्ड फुड प्रालिका उत्पादन प्रमुख विजय तबदारको उपस्थिति थियो।
कार्यक्रममा तुलागंगा कृषि फार्मका सञ्चालक विष्णु दुलालले दुग्ध व्यवसायीहरुको उत्पादन लागत बढ्न गई व्यवसाय सञ्चालनमा समस्या भोगिरहेको बताए। भोला कृषि फार्मका सञ्चालक भोला यादवले कोरोनाकालमा दुग्ध उत्पादकहरुप्रति उद्योगीहरुले गरेको व्यवहारले दुखित बनाएको बताए।
कार्यक्रममा त्यस क्षेत्रका ३५ जनाभन्दा बढी दुग्ध उत्पादकहरुको सहभागिता थियो।
त्यस्तै मासुजन्य उत्पादक र व्यवसायीबीचको अन्तर्क्रिया कार्यक्रममा मासु व्यवसायी संघ मोरङका अध्यक्ष सुभाषचन्द्र शिवाकोटी, सदस्य रोशन बन र टंकप्रसाद गौतमसहित ३० जनाको उपस्थिति थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago