काठमाण्डौ। अर्थसचिव मधुकुमार मरासिनी बुधबारबाट बिदामा बसेका छन्। उनी अनिश्चितकालका लागि बिदामा बसेको स्रोत बताउँछ।
बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि अर्थसचिव मरासिनी बिदामा बसेको बताइएको छ। ‘उनले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका छन्’, स्रोत भन्छ, ‘तर, कति दिनका लागि भने खुलाएका छैनन्।’
स्रोतका अनुसार अर्थसचिव मरासिनी शर्मा अर्थमन्त्री रहुन्जेल काममा नफर्किने मुडमा छन्। ‘उनले अर्थमन्त्रीमा शर्मा रहुन्जेल आफू काममा नफर्किने प्रधानमन्त्री देउवालाई व्यक्तिगत रुपमा जानकारी गराएका छन्’, स्रोतले भन्यो।
अर्थमन्त्री शर्मामाथि बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ। ती प्रमाण लुकाउन सीसीटीभी फुटेज पनि उनले नै मेटाउन लगाएको आरोप छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19