काठमाण्डौ । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आउँदो मंगलबारबाट छानबिन सुरु हुने भएको छ।
बजेट निर्माणका विषयमा शर्मामाथि विभिन्न आरोप लागेपछि प्रतिनिधिसभाले गत बुधबार छानबिन गर्न ११ सदस्यीय विशेष समिति गठन गरेको थियो। सोही समितिले मंगलबारबाट शर्मामाथि छानबिन सुरु गर्नेछ।
सभामुख अग्निप्रसाद सापकोटाले आज संसद भवन सहजीकरण बैठक डोकेका थिए। बैठकले आउँदो मंगलबार विशेष समितिको पहिलो बैठक बस्ने र सोही दिन कार्यविधि बनाएर आफ्नो कार्य थाल्ने निर्णय गरेको छ। बैठकले विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई तोकेको छ।
विशेष समितिलाई छानबिन कार्यका लागि १० दिनको समयावधि दिइएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19