काठमाण्डौ । अहिले विश्वमा सेभेन स्टारदेखि टु स्टारसम्मका होेटलहरु खुलेका छन् । कतिपय नाम चलेका होटलहरुले विश्वका विभिन्न सहरमा शाखा पनि विस्तार गरेका छन् ।
यही विश्वमा एउटा यस्तो होटल पनि छ जसको कुनै शाखा छैन तर इतिहास भनेछ । त्यो पनि १–२ सय वर्षको कुनै झन्डै १३ सय वर्षको इतिहास ।
१३ सय वर्षदेखिको आफ्नो इतिहासलाई जीवितै राख्ने होटल हो ‘निसियामा ओनसेन कियुनकेन’ । यो होटल जापानको कियुनकेन गाउँमा अवस्थित छ ।
यो विश्वको सबैभन्दा पुरानो होटल हो । यसले गिनिज बुकमा नाम समेत लेखाइसकेको छ ।
सन् ७०५ मा फुजिवारा महितो नामक जापानी नागरिकले यो होटल सञ्चालनमा ल्याएका थिए । अहिले पनि उनकै सन्ततिले यो होटल चलाइरहेका छन् ।
अहिले होटलका सञ्चालकका रुपमा फुजिवाराका ५२ औँ पुस्ता छन् । यो होटलको एउटा खास विशेषता छ । त्यो हो होटल प्राँगणभित्रै तातो पानीको झरना। यसैगरी यो होटलनजिकै भएर नदी बग्दछ भने आसपास घना जंगल छ ।
यिनै झरना, नदी अनि घना जंगलको दृश्य हेर्ने यो ऐतिहासिक विश्व प्रसिद्ध होटलमा विश्वभरका पर्यटक आउँछन् । होटलका कोठाहरुबाट झ्याल खोलेर बाहिर हेर्दा निकै नै मन्त्रमुग्ध पार्ने दृश्य देखिन्छ ।
यो होटलमा करिब ४० वटा कोठा छन् । होटलमा एक रात बिताउन करिब ५० हजार रुपैयाँबराबरको रकम तिर्नुपर्दछ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago