काठमाण्डौ । कोरोनाविरुद्धको भ्याक्सिनको पर्खाइमा रहेको विश्व जगतमाझ फेरि अर्को खुसीको खबर सार्वजनिक भएको छ।
अक्सफोर्ड र एस्ट्राजेनेकाको भ्याक्सिन तेस्रो चरणको ट्रायलमा ७० प्रतिशतसम्म प्रभावकारी देखिएको हो। सोमबार जारी अन्तरिम एनालिसिसका अनुसार दुई किसिमको डोजको आँकडा एकसाथ साथ भ्याक्सिनको प्रभावकारिता ७०.४ प्रतिशतसम्म देखिएको छ।
अनुसन्धानकर्ताहरुका अनुसार ती डोजलाई अलग–अलग राख्दा यो भ्याक्सिनको प्रभावकारिता ९० प्रतिशतसम्म देखिएको छ। भ्याक्सिन निकै प्रभावकारी तब रहन्छ जब पहिलो डोज हल्का र दोस्रो सामान्यस्तरमा दिइन्छ। अर्थात सुरुआती संकेतले यो स्पष्ट हुन्छ कि यो भ्याक्सिन भाइरस ट्रान्समिसनलाई कम गर्न समक्ष रहेको छ। यो भ्याक्सिन सुरक्षित पनि छ।
अक्सफोर्ड भ्याक्सिन ग्रुपका निर्देशकका अनुसार यस किसिमको प्रभावकारी भ्याक्सिनले थुप्रै मानिसको ज्यान बचाउन सक्छ। उनले डोजको चार प्याट्रनमध्ये एउटामा भ्याक्सिन ९० प्रतिशतसम्म असरदार देखिएको छ।
अब अक्सपोर्ड र एस्ट्राजेनेका मिलेर यो भ्याक्सिनको अन्तरिम एनालिसिस बेलायतको ड्रग रेगुलेटरमा पेस गर्ने तयारी गरिरहेका छन्। यदि त्यहाँबाट भ्याक्सिनको इमर्जेन्सी अप्रभुल प्राप्त भएमा यो भ्याक्सिन आउँदा डिसेम्बरसम्म विश्वका थुप्रै देशले पाउन सक्छन्।
यो भ्याक्सिनको अन्तरिम एनालिसिका लागि बेलायतसँगै ब्राजि र दक्षिण अफ्रिकामा २४ हजारभन्दा बढी स्वयंसेवकहरुमा प्रयोग गरिएको थियो। यो भ्याक्सिन सजिलै वर्तमान हेल्थकेयर सिस्टमका आधारमा बाँड्न सकिने अनुसन्धानकर्ताहरुको दाबी छ। किनकि यो भ्याक्सिनलाई २ देखि ८ डिग्री सेल्सियस तापमान स्टोर गर्दा हुन्छ।
यो भ्याक्सिन हाल १० वटा देशमा उत्पादन भइरहेको अक्सफोर्डले जनाएको छ।
यसअघि फाइजर र मोडर्नाको भ्याक्सिन पनि ९० प्रतिशतसम्म प्रभावकारी देखिएको थियो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19