काठमाण्डौ । विश्व बैंकले सन् २०१९/२० मा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले बुधबार ग्लोबल इकोनोमी प्रोस्पेक्ट २०२० प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । यो आर्थिक वृद्धिदर विश्व बैंकले सन् २०१८/१९ का लागि गरेको प्रक्षेपणभन्दा ०.७ प्रतिशतले कम हो । अघिल्लो वर्ष विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुुने अनुुमान गरेको थियो । 

नेपाल सरकारले चालुु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्यलाई राखेको । विश्व बैंकको यो प्रक्षेपण नेपाल सरकारको लक्षित आर्थिक वृद्धिदरमा धक्का पुगेको छ । 

विश्व बैंकको प्रतिवेदनअनुसार दक्षिण एसियाली क्षेत्रका बढी आर्थिक वृद्धि हुुने देशमा नेपाल दोस्रो स्थानमा रहनेछ । पहिलो स्थानमा भने ७.२ प्रतिशतका साथ बंगलादेश रहनेछ । 

त्यस्तै तेस्रो, चौथो, पाचौँ, छैटौँ र सातौँमा क्रमशः भुटान ५.६, माल्दिभ्स ५.५, भारत ५, श्रीलंका ३.३, अफगानीस्तान ३ र पाकिस्तान २.४ प्रतिशतका साथ सबैभन्दा पुछारमा रहनेछन् । 

त्यस्तै विश्व बैंकले सन् २०२०/२१ र सन् २०२१/२२ का लागि पनि आर्थिक वृद्धिदर प्रक्षेपण गरेको छ । जसअनुसार यी वर्ष नेपालको आर्थिक वृद्धिदरमा झिनो सुधार हुँदै क्रमश ६.५ र ६.६ प्रतिशतका साथ तेस्रो र दोस्रो स्थान ओगट्ने अनुमान गरिएको छ । यी वर्षमा पनि बंगलादेश समान ७.३ प्रतिशतका साथ पहिलो स्थानमै यथावत रहनेछ ।

आर्थिक वर्ष २०२०/२१ मा सबैभन्दा कम आर्थिक वृद्धिदर ३ प्रतिशतका साथ पाकिस्तान पुछारमा रहने छ भने आर्थिक वर्ष २०२१/२२ मा आर्थिक वृद्धिदर ३.५ प्रतिशतका साथ आफगानिस्तान पुछारमा रहने प्रक्षेपण गरिएको छ । 

समग्रमा भने दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ४.९ बाट बढेर ५.५ पुग्ने अनुमान विश्व बैंकले गरेको छ । तथापि यस क्षेत्रको वित्तीय क्षेत्रमा रहेका समस्या, भूराजनीतिक तनाव, सुधारका लागि उपयुक्त माध्यमको कमी तथा भारत र पाकिस्तानबीचको बिगँ्रदो सम्बन्धले यो क्षेत्रमा जोखिमको अवस्था भने कायमै रहने विश्व बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।