काठमाण्डौ । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले उक्त ऋण सहायता उपलब्ध प्रस्ताव अनुमोदन गरेको हो। जसअनुसार विश्व बैंकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि ५ करोड डलर र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउनका लागि ५ करोड डलर ऋण सहायता उपलब्ध गराउनेछ।
यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय तथा उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने विश्व बैंकको विश्वास छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago