काठमाण्डौ ।नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह - २०२३ को तयारी पुरा भएको बताएको छ । बोर्डका अनुसार आगामी असोज १५ देखि २१ गतेसम्म मनाइने लगानीकर्ता सप्ताहको तयारी पुरा भएको छ ।
बोर्डले साताब्यापी रुपमा विभिन्न कार्यक्रम गरी विश्व लगानीकर्ता सप्ताह आयोजना गर्न लागेको हो ।उक्त अवसरमा बोर्डले निबन्ध प्रतियोगिता सञ्चालन गर्ने छ ।
सन् २०१६ जुलाईमा धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था(आईओएससीओ) को एशोसिएट सदस्य भएपश्चात् धितोपत्र बोर्डले उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा बोर्डको सहभागिता जनाउँदै आएको छ ।
यसै सन्दर्भमा सन् २०१७ देखि उक्त संस्थाले शुरुवात गरेको विश्व लगानीकर्ता सप्ताह सञ्चालनमा बोर्ड सहभागी भई लगानीकर्ताको ज्ञान अभिबृद्धि तथा सवलीकरण लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
उक्त सप्ताहको मुख्य उद्देश्य धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाहको माध्यमबाट बजारसम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने रहेको छ ।
बोर्डले विगत देखिनै नियमित रुपमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रमहरु सञ्चालन गर्दैै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago